ग्यासमा सरकारले दिँदै आएको अनुदान हटाउन अध्ययन समितिको सुझाब, मूल्य बढ्न सक्ने

काठमाडौं– अब खाना पकाउने ग्यासको मूल्य बढ्न सक्ने देखिएको छ । सरकारले खाना पकाउने एलपी ग्यासमा उपभोक्तालाई अनुदान दिँदै आएको छ । 

यसरी सरकारले दिँदै आएको अनुदान हटाउन अध्ययन समितिले सुझाब दिएको छ । सरकारले गठन गरेको आठ सदस्यीय कार्यदलले उक्त सुझाब दिएको हो ।

पूर्वपर्यटन सचिव सुरेशमान श्रेष्ठको अध्यक्षतामा गठित कार्यदलको प्रतिवेदनमा ‘‘नेपाल आयल निगमले खरिद मूल्यमा न्यूनतम नाफा जोडी हवाई इन्धनको स्वचालित मूल्य निर्धारण गर्नुपर्ने र त्यसो गर्दा हाल एलपी ग्यासमा दिने गरेको क्रस सब्सिडी (अनुदान) क्रमशः हटाई अटोमेटिक फर्मुलाबाट पेट्रोलियम पदार्थको मूल्य निर्धारण गर्न’ सुझाब दिइएको छ । 

अहिले एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर १३ सय ३० रुपैयाँ छ । उक्त मूल्यमा ग्यास बिक्री गर्दा प्रतिसिलिण्डर १ सय ८९ रुपैयाँ घाटा रहेको निगमको दाबी छ । सो घाटा सरकारले बेहोर्दै आएको छ । 





  • प्रकाशित मिति : मंसिर २६, २०७६ बिहीबार १७:४१:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया