आइतबार द नेक्स्ट कन्क्लेभ

काठमाडौं– नेक्स्ट भेन्चर कर्पले वर्षेनी गर्दै आएको नेक्स्ट ग्रोथ कन्क्लेभ यो वर्ष आइतबार गर्ने भएको छ । काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै नेक्स्ट भेन्चर कर्पले यसको जानकारी दिएको हो । 

व्यवसायी, नयाँ आइडिया र लगानीकर्ताबीचको संयोजन भनिने यो कन्क्लेभमा यसपटक पिन्स्टोर्मका सिओओ अन्सु गुप्ता, इ२७ का सिइओ मोहन बेलानी, वाइवाइ भेन्चर्सका प्रबन्ध निर्देशक साजिब एक खाइरुल इस्लामलगायतको सहभागिता रहनेछ ।

सन् २०१६ बाट नेक्स्ट भेन्चर कर्पले सुरु गरेको यो कार्यक्रममा अहिलेसम्म १२ देशका ४९ जनाले व्यवसाय तथा यसको लगानीबारे आफ्नो धारणा राखिसकेका छन् । 

‘सुरुको वर्षमा नै हामीले उद्यमी र लगानीकर्तालाई भेट गरायौँ,’ नेक्स्ट भेन्चर कर्पका सहसंस्थापक कविराज जोशी भन्छन्, ‘यसपटक पनि हामीले उद्यमी र लगानीकर्ताको पुलको काम गर्न सक्छौँ भन्नेमा विश्वस्त छौँ ।’ हरेक वर्ष १० कम्पनीहरुलाई आवश्यक सल्लाह र लगानीकर्ता जुटाउँदै आएको नेक्स्ट ग्रोथ कन्क्लेभले यस वर्ष अझ वृहत कार्यक्रम गर्ने आशा राखेको छ ।





  • प्रकाशित मिति : मंसिर २७, २०७६ शुक्रबार ९:५१:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया