विप्लव समूहका दुई कार्यकर्ता पक्राउ

विप्लव नेतृत्व नेकपाका दुई कार्यकर्ता गोरखामा पक्राउ परेका छन् । 

पोखरा महानगरपालिका २७ का गोकुल पराजुली र रुकुमको त्रिवेणी गाउँपालिका १ का ३२ वर्षीय जीवन क्षेत्रीलाई सदरमुकामको घ्याम्पेसाल चोकबाट पक्राउ गरिएको गोरखाका डिएसपी मित्रबन्धु शर्माले बताए । पक्राउ परेका पराजुली स्याङजाका जिल्ला इन्चार्ज र क्षेत्री सामान्य कार्यकर्ता भएको प्रहरीले जनाएको छ । 

उनीहरुलाई सार्वजनिक अपराध अन्तर्गत मुद्दा दर्ता गरि कारबाही अघि बढाइएको शर्माले बताए ।





  • प्रकाशित मिति : मंसिर २७, २०७६ शुक्रबार १८:५६:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया