प्रधानमन्त्री निवासमा नेकपा सचिवालय बैठक बस्दै
फाइल तस्वीर ।

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आइतबार विहान साढे नौ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ । 

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिएपछि प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पहिलो पटक सचिवालय बैठक बस्न लागेको हो । 

यसअघि शनिबार बस्ने भनिए पनि सचिवालय बैठक बस्न सकेको थिएन । 

शुक्रबारका लागि तय गरिएको बैठक स्थगित भएर शनिबारका सारिएको थियो । 

यसअघि बसेको सचिवालय बैठकले २७ गतेका लागि सचिवालय र २९ गतेका लागि स्थायी समिति बैठक तय गरेको थियो । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको व्यस्तताका कारण लगातार दुई दिन बैठक स्थगित भएको हो । उनी स्थायी समितिमा पेस गर्ने राजनीतिक प्रतिवेदन लेख्न व्यस्त रहेको भनिएको थियो । स्थायी समिति बैठक पनि आजै दिउँसो १ बजेका लागि बोलाइएको छ । 





  • प्रकाशित मिति : मंसिर २९, २०७६ आइतबार ९:१९:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया