लालु यादवकी बुहारीको फेरि हंगामा

एजेन्सी– पटनाको राबडी आवासमा फेरि पारिवारिक नाटक सुरु भएको छ । फेरि पनि त्यहाँ लालु यादवकी बुहारीले आफूलाई पिटेर घरबाहिर निकालिएको आरोप लगाउँदै हंगामा मच्चाएकी छिन् । 

ऐश्वर्या रायले यो आरोप राबडी देवीमाथि लगाएकी हुन् । ऐश्वर्याले राबडी रायलाई तत्काल कारवाही हुनु पर्ने माग राखेकी छिन् । ऐश्वर्याले आफ्नो फोन राबडीले छिनेको भन्दै विरोध गरेकी हुन् । 

उनलाई साथ दिन उनका पिता आरजेडी विद्यालय चन्द्रिका राय पनि लालु निवासबाहिर पुगेका छन् । चन्द्रिकाले पनि आफूले खराब परिवारमा छोरी विवाह गरिदिएको भन्दै अफसोस प्रकट गरेका छन् । 

यसअघि पनि लालुका छोरासँग विवाह गरेपछि ऐश्वर्याले बारम्बार आफूमाथि हिंसा भएको बताउँदै आएकी थिइन् ।  





  • प्रकाशित मिति : मंसिर २९, २०७६ आइतबार १९:५:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया