एनआइसी एशियाकाे दरबारमार्ग र मंगलबजारमा शाखा

काठमाडौं– एनआइसी एशिया बैंकले उपत्यकामा थप दुई शाखा सन्चालनमा ल्याएको छ । मंगलबार काठमाडौंको दरबारमार्ग र ललितपुरको मंगलबजारमा दुई शाखा खोलेर एनआइसी एशियाले उपत्यकामा आफ्नो उपस्थिति थप बलियो बनाएको हो । 

ललितपुर महानगरपालिका वडा नं १२ टंगाल पाटन स्थित मंगलबजार शाखा र काठमाडौँ महानगरपालिका वडा नं १, दरबारमार्ग स्थित दरबारमार्ग शाखा यही मङ्सिर २९ गतेबाट सञ्चालनमा आएको बैंकले जनाएको छ । 

मंगलबजार शाखाकोे समुद्घाटन सोही वडाका वडाध्यक्ष नारायण लाल अवाले र दरबारमार्ग शाखाकोे समुद्घाटन एनआइसी एशिया बैंकका उप–प्रादेशिक कार्यालय काठमाडौँका प्रमुख तेज राज तिमिल्सिनाले गरेका हुन् ।

योसँगै एनआइसी एशिया बैंकले नेपालभर ३११ शाखा पुर्याएको छ । देशभर ४०३ एटिएम रहेको र ९५ वटा एक्स्टेन्सन काउन्टर रहेको बैंकले ४४ शाखारहित बैंकिङमाफैत् पनि सेवा प्रदान गर्दै आएको छ । 





  • प्रकाशित मिति : मंसिर २९, २०७६ आइतबार १९:११:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया