भारतमा नागरिकता संशोधन विधेयकविरुद्धको आगो दिल्ली पुग्यो

एजेन्सी– भारतीय संसदले पारित गरेको नागरिकता संशोधन विधेयकको विरोधमा भारतमा आन्दोलन निकै चर्किएको छ । अब यो विरोध भारतको राजधानी दिल्लीसमेत पुगेको छ । 

आइतबार साँझ दिल्लीबाट मथुरा जाने बाटोमा प्रदर्शनकारीहरुले दर्जनौँ बसहरुमा आगो लगाएका छन् । 

बसमा लागेको आगो निभाउन पुगेका फायर ब्रिगेडका गाडीमाथि पनि प्रदर्शनकारीले आगो लगाएका छन् । प्रदर्शनकारी र प्रहरीबीच विभिन्न ठाउँमा भीडन्त भएको छ । 

भारतीय समाचार एजेन्सी एएनआईका अनुसार जामिया मिलिया इस्लामियाका छात्राहरुसहित प्रदर्शनकारीहरु दिल्लीका विभिन्न ठाउँमा विरोध प्रदर्शनमा उत्रिएका छन् । 

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले प्रदर्शनकारीलाई शान्तिपूर्वक प्रदर्शन गर्न अपिल गरेका छन् । उनले हिंसा अस्वीकार्य हुने बताएका छन् । 





  • प्रकाशित मिति : मंसिर २९, २०७६ आइतबार १९:५२:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया