आमाले बाबुको हत्या गरेकोमा गर्व गर्ने अभिनेत्री

एजेन्सी– सार्लिज थेरोनले आफूलाई आमाले बाबुको हत्या गरेको कुरा थाहा पाउँदा र अहिले दुनियाँलाई त्यही कुरा सुनाउँदा कुनै पनि अफसोस र आत्मग्लानी तथा लज्जास्पद अवस्था नआउने बताएकी छिन् । उनले आमाले बाबुको हत्या आफ्नै सुरक्षाका लागि गरेको पनि बताउन थालेकी छिन् । 

यी अभिनेत्री त्यति बेला १५ वर्षकी थिइन् । उनका बाबु रक्स्याहा थिए । एक साँझ बाबु कोठामा छिर्दै गर्दा आमाले बाबुलाई गोली हानी हत्या गरेको उनले बताएकी छिन् । 

‘ती गोलीले हामीलाई कहिल्यै पनि लागेन, जुन एउटा जादू हो भन्दा पनि हुन्छ,’ उनले एनपिआरसँग भनेकी छिन्, ‘तर, आफ्नो सुरक्षाका लागि आमाले त्यो चुनौति सकाइदिनु भयो ।’

उनले थपेकी छिन्, ‘जति हामी यो विषयमा कुरा गर्छौँ, त्यति हामी एक्लो छैनौँ भन्ने प्रमाणित हुन्छ ।’

सार्लिज खासमा दक्षिण अफ्रिकाको जोहनेसबर्गमा हुर्किइन् । उनी आमा गेर्दा र बाबु चाल्र्ससँग बस्थिन् । 

‘मेरो बाबु खासमा अत्यन्त खराब व्यक्ति थिए,’ उनले भनेकी छिन्, ‘उनी अल्कोहोलिक थिए ।’



उनले बाबु त्यो साँझ घर आउँदाको प्रसंग पनि सुनाएकी छिन् । ‘उनी निकै पिएर आएका थिए, उनीसँग एउटा बन्दुक थियो,’ उनले भनेकी छिन्, ‘म र आमा उनले हामीलाई गोली नहानुन् भनेर भित्रबाट ढोका धकेलेर बसेका थियौँ । तर, बाबुले अचानक ढोकामा नै गोली प्रहार गर्न थाले । उनले तीन पटक फायर गरे । तर, ती गोलीले आफूलाई लागेन ।’

आमासँग सार्लिज ।



अनि हाम्रो सुरक्षा गर्नका लागि आमाले बाबुलाई गोली हानिन् । 

उनले यो हिंसा आफ्नो घरको भए पनि धेरै मानिसहरुसँग सेयर गर्न थालेको बताएकी छिन् ।

‘यसबारे कुरा गर्दा मलाई कुनै लाज हुँदैन,’ उनले भनेकी छिन्, ‘जति म यो कुरा मानिसहरुसँग गर्छु, त्यति मलाई समर्थन मिलिरहेको छ भन्ने आभास हुन्छ ।’ 

ओस्कर पुरस्कार जितिसकेकी यी अभिनेत्रीले आफूमाथि पछि पनि हिंसा भएको बताएकी छिन् । एक फिल्म निर्देशकले आफूलाई गलत तरिकाले छुने गरेको उनले बताएकी छिन् । 

  • प्रकाशित मिति : पुस १, २०७६ मंगलबार १८:१६:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया