सभामुख चयन छिटो गर्नु पर्ने नेकपा बैठकको माग

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा सभामुख चयनमा ढिलाइ भएको विषय उठेको छ । अधिकांश नेताहरुले सभामुख चयनलाई पार्टीले विलम्ब गर्दा समस्या देखिएको र यो प्रक्रियालाई छिटो टुङ्ग्याउनु पर्ने माग राखेका छन् ।

२९ गतेदेखि सुरु भएको बैठकमा मंगलबार नेताहरुले सभामुख चयन प्रक्रिया थप लम्ब्याउन नहुने धारणा राखेका छन् । 

यसमा सबैभन्दा विशेष तरिकाले आवाज उठाएका छन्, भीम रावलले । उनले ४ गतेका लागि संसद आह्वान भएको र अहिले पनि सभामुख चयन हुन नसकेको विषयमा यसलाई जतिसक्दो छिटो टुङ्ग्याउनु पर्ने धारणा राखेका हुन् । रावलले पार्टीमा देखिएका गुटउपगुटको पनि अन्त्य गर्नु पर्ने र पार्टी एक ढिक्का बनाएर अगाडि बढाउनु पर्ने धारणा राखेका छन् । 

मंगलबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलले पेस गरेको विधान संशोधनमाथि पनि छलफल भएको थियो । 





  • प्रकाशित मिति : पुस १, २०७६ मंगलबार १९:३८:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया