प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट, वडाध्यक्ष पक्राउ

आठबीसकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामवहादुर केसी माथि कुटपिट भएको छ । कार्यालयको काम सेकेर कोठातर्फ फर्कदै गर्दा केसी माथि बुधबार बेलुकी ६ बजेतिर राडि बजार नजिकै आक्रमण भएको प्रहरीले जनाएको छ । केसीको टाउकोमा चोट लागेको छ । उनको टाउकोमा चारवटा टाँका लगाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

केसीलाई आठबीसकोट नगरपालिका ३ का वडाध्यक्ष केशरमान बिकका सहोदर भाई गोपाल बिकले कुटपिट गरेको बताईएको छ । बिक फरार रहेको र उनको खोजी कार्य भैरहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक सुमित खड्काले जानकारी दिए । घटना पछि प्रहरीले वडाध्यक्ष बिकलाई पक्राउ गरेको छ । घटनाको योजनाकार भनेर आरोप लागेपछि वडाध्यक्षलाई सोधपुछका लागि पक्राउ गरिएको प्रहरीको भनाई छ । घटना निन्दनिय भएको भन्दै नगरपालिकाले घटनाको भर्त्सना गरेको छ । 

नगरउपप्रमुख गीता नेपालीले विज्ञप्ती जारी गर्दै दोषिलाई कारवाहीको माग समेत गरेकी छिन् । केहि दिन देखि बिकले प्रमुख प्रशासकिय अधिकृतको पिछा गरिरहेको र सम्झाई बुझाई गर्दा गर्दै आक्रमण हुनु निन्दनिय कार्य भएको विज्ञप्तीमा उल्लेख गरिएको छ । 

त्यस्तै कर्मचारीहरुले पनि छुट्टै विज्ञप्ती जारी गरेका छन् । वडाध्यक्ष विकको योजनामा उनका भाई गोपाल र अर्का युवक हरिश बिकले सुनियोजित रुपमा धारिलो हतियारले आक्रमण गरेको विज्ञप्ती मार्फत जानकारी गराईएको छ । विज्ञप्तीमा प्रमुख प्रशासकिय अधिकृत केसी सहित सूचना प्रविधि अधिकृत गणेश चन्दलाई समेत आक्रमण गरी कुटपिट गरेको उल्लेख छ । 

यस आक्रमणको विरोधमा कर्मचारीहरुले आजदेखि नगरपालिकाको कामकाज ठप्प पार्ने जनाएका छन् । दोषिलाई कानुन बमोजिम कारवाही नभएसम्मका लागि कर्मचारीका तर्फबाट हुने सम्पुर्ण कामकाजहरु आजबाट ठप्प हुने जनाईएको छ । आक्रमणको कारण भने खुल्न नसकेको प्रहरीले बताएको छ ।   





  • प्रकाशित मिति : पुस ३, २०७६ बिहीबार १३:५४:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया