पाकिस्तानमाथि आक्रमण गर्ने भारतीय योजना रहेको प्रधानमन्त्री इमरानको आशंका

एजेन्सी– पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतले अहिले चर्किरहेको आन्दोलनलाई मत्थर बनाउने उद्देश्यले पाकिस्तानमाथि कुनै अपरेसन गर्न सक्ने आशंका व्यक्त गरेका छन् ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारत हिन्दु राष्ट्रवादलाई प्रश्रय दिन युद्ध उन्मादलाई भड्काउने चाहना राख्ने पनि बताएका छन् । यस्तो भएको खण्डमा पाकिस्तानले पनि भारतलाई राम्रो जवाफ दिने उनले बताएका छन् । 

माइक्रो ब्लगिङ साइट ट्विटरमा पाकिस्तानी प्रधानमन्त्रीले लेखेका छन्, ‘भारतले जम्मु कश्मिरका जनतालाई अझै पनि घरमा नजरबन्द गरेर राखेको छ । त्यहाँका प्रतिबन्ध हटेमा ठूलो नरसंहार हुनसक्ने आशंका गरिएको छ । यदि भारतमा यस्ता विरोध प्रदर्शन बढ्दै गएमा पाकिस्तानमाथि भारतको खतरा अझ बढ्नेछ । भारतीय सेनाका प्रमुखको विज्ञप्ति र हाम्रो चिन्ताले यसलाई आश्वस्त पारेका छन् ।’

इमरानले यस विषयमा निकै धेरै ट्विट गरेका छन् । उनले अर्को ट्विटमा भनेका छन्, ‘पछिल्लो पाँच वर्षदेखि मोदी सरकारको नेतृत्वमा भारत हिन्दु राष्ट्र तर्फ बढेको छ । या प्रक्रियामा हिन्दु श्रेष्ठता तथा फासीवादी विचारधारा अगाडि बढिरहेको छ ।’ 

 





  • प्रकाशित मिति : पुस ६, २०७६ आइतबार १०:११:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया