भोटेकोशी जलविद्युत् आयोजनाकाे व्यापारिक उत्पादन सुरु

चौतरा– ४५ मेगावाट क्षमताको माथिल्लो भोटेकोशी जलविद्युत् आयोजनाबाट आइतबारदेखि व्यापारिक उत्पादन सुरु भएको छ । दुई साताको परीक्षण प्रसारणपछि लामोसाँघुको सवस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा आबद्ध गरी व्यापारिक उत्पादन सुरु भएको आयोजनाका प्रमुख कार्यकारी अधिकृत विक्रम स्थापितले बताए ।

विसं २०७२ को भूकम्प र बाढीपहिरोलगायत पटकपटकको प्राकृतिक प्रकोपका कारण आयोजना पाँच वर्षसम्म बन्द रहेको थियो । निजी क्षेत्रबाट सञ्चालित उक्त आयोजनाको दुवै युनिट सञ्चालनमा ल्याइए पनि हाल नदीमा पानी बहाव कम भएकाले दैनिक सरदर २२ देखि २५ मेगावाट मात्र विद्युत् उत्पादन भएको आयोजनाले जनाएको छ । 

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाअन्तर्गत फुल्पिङकट्टीको झिर्पुमा विद्युत्गृह रहेको आयोजनाको पुनःनिर्माणका लागि यही पुसको दोस्रो सातामा सम्पन्न गर्ने गरी २०७४ सालमा चिनियाँ कम्पनी सिनो हाइड्रो ११ ब्युरोलाई सात अर्बमा ठेक्का दिइएको थियो । 





  • प्रकाशित मिति : पुस ६, २०७६ आइतबार १५:४८:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया