महिला फुटबल : पुलिस क्लबलाई ५–२ हराउँदै एपिएफ फाइनलमा

काठमाडौं– एपिएफ क्लब सातौँ प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । नेपाल पुलिस क्लबलाई ५–२ गोलले हराउँदै एपिएफ फाइनलमा प्रवेश गरेको हो । नेपाली सेनाको भद्रकालीस्थित मुख्यालयको खेल मैदानमा साेमबार भएको सेमिफाइनलमा एपिएफले सुरुआतदेखि नै पुलिस क्ब्लबलाई दबाबमा राखेको थियो । एपिएफकी सावित्रा भण्डारीले ह्याट्रिक गरिन् । 

यस्तै, अनिता बस्नेत र रेखा पौडेलले एक–एक गोल गरेका थिए । पुलिस क्लबका लागि घिमकुमारी गुरुङ र निशा सुनुवारले एक–एक गोल गरेका थिए । एपिएफले त्रिभुवन आर्मी क्लब र भुटानको टोलीबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिका लागि खेल्नेछ । 

एपिएफका लागि सावित्राले खेलको तेस्रो मिनेटमै गोल गरेका थिए । यस्तै पुलिसकी निशाले खेलको ४३औँ मिनेटमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा पुर्याएका थिए । मध्यान्तरअघिको इन्जुरी समयमा एपिएफकी अनिताले दोस्रो गोल गरे । लगत्तै पुलिसकी घिमकुमारीले गोल गरे । 

मध्यान्तरपछिको खेल सकिँदासम्म एपिएफ र पुलिस २–२ गोलको बराबरीमा थिए । त्यसपछिको अतिरिक्त समयमा एपिएफका लागि सावित्राले दुई तथा रेखाले एक गोल गरे । आर्मी र भुटानको टोलीबीच अहिले केही बेरमा सेनाको मुख्यालयस्थित खेल मैदानमा दोस्रो सेमिफाइनल खेल हुँदै छ । 
 





  • प्रकाशित मिति : पुस ७, २०७६ साेमबार १७:२०:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया