राष्ट्रिय सभा बैठकमा नीति अनुसन्धान प्रतिष्ठान विधेयक पेस

काठमाडौं– राष्ट्रिय सभाको साेमबारको बैठकमा ‘नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७६’ पेस भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले सो विधेयक सभासमक्ष पेस गरेका हुन् ।

बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त दुई विधेयक टेबुल गरे । ‘औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (पहिलो संशोधन) विधेयक, २०७६’ र ‘राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०७५’ टेबुल गरिएको हो ।

राष्ट्रिय सभाको अर्को बैठक यही पुस १० गते बिहान ११ बजे बस्नेछ । 





  • प्रकाशित मिति : पुस ७, २०७६ साेमबार १७:२५:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया