पोखरा प्रिमियर लिग क्रिकेट : धनगढी एक्सपर्ट विजयी

कास्की– कास्कीको पोखरामा जारी पोखरा प्रिमियर लिग क्रिकेटको दोस्रो संस्करणमा साेमबार भएको खेलमा धनगढी एक्सपर्ट विजयी भएको छ । धनगढीले पोखरा पल्टनलाई पाँच विकेटले पराजित गरेको हो । 

पोखरा रंगशालामा भएको खेलमा टस जितेर पोखरा पल्टनले पहिला ब्याटिङ गर्ने निर्णय गरेको थियो । निर्धारित २० ओभरको खेलमा पोखराले १६ दशमलव तीन ओभरमा सबै विकेट गुमाएर मात्र ७९ रन बनायो । धनगढीका अमित यादवले सर्वजित लद्दाको बलमा छक्का प्रहार गरी नौ दशमलव एक ओभरमा आफ्नो टोलीलाई विजयी बनाए । धनगढीका लागि दिपक पुनियाले २५, रोड्रिगो थोमसले १५, कप्तान दीपेन्द्रसिंह ऐरीले १३ तथा शुभेन्दु पाण्डेले ११ रन बनाए । 

बलिङतर्फ पोखराका प्रथमेश डाके र सर्वजित लद्दाले दुई–दुई तथा ललितनारायण राजवंशीले एक विकेट लिए । यसअघि ब्याटिङ गर्ने क्रममा पोखराका लागि आशिफ शेखले ३२ तथा विनोद भण्डारीले १२ रन बनाए । बलिङतर्फ धनगढीका अनिल खरेलले तीन तथा दिपक पुनिया, कमलसिंह ऐरी र सागर ढकालले दुई–दुई विकेट लिए । खेलको प्लेयर अफ दी म्याच धनगढीका दिपक पुनिया घोषित भए ।   





  • प्रकाशित मिति : पुस ७, २०७६ साेमबार १७:२८:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया