जस्तोसुकै ट्राफिक नियम उल्लंघन गर्नेलाई ५ हजार जरिवाना

काठमाडौं– यातायात व्यवस्था विभागले ट्राफिक नियम उल्लंघन गर्नेलाई ५ हजार रुपैयाँ जरिवाना गर्ने प्रस्ताव गरेको छ । संघीय सवारी तथा यातायात व्यवस्था ऐनको मस्यौदामा यो कुरा उल्लेख गरिएको छ ।
 
अहिले जरिवाना थोरै भएकले लापरबाही बढिरहेको भन्दै विभागले जरिवाना बढाउन लागेको हो । विभागले संघीय सवारी तथा यातायात व्यवस्था ऐनको सन्दर्भमा सातै प्रदेशका मन्त्रालयका सचिव र विभागीय मन्त्रीहरूसँग यही १३ र १४ गते काठमाडौंमा छलफल गर्दै छ ।

विभागले प्रदेश सरकारसँग छलफल गरेर ऐनको ड्राफ्ट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पठाउने तयारी गरिरहेको छ । मन्त्रालयले सम्बन्धित मन्त्रालय र स्टेक होल्डरहरूसँग राय–सुझाब लिएर मस्यौदा संसदमा पठाउँछ, संसदले अनुमोदन गरेपछि ऐन लागू हुन्छ ।

यो ऐन लागू भए लेनक्रस, ओभर स्पिड, जिकज्याकलगायत सामान्य कसुरमा ५ हजार जरिवाना लगाउन पाउनेछ । अहिले ट्राफिक नियम उल्लंघन गरे ट्राफिक प्रहरीले कसुर हेरेर ५ सय देखि १५ सयसम्म जरिवाना लिने गरेको छ ।
 





  • प्रकाशित मिति : पुस ९, २०७६ बुधबार १३:४३:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया