नयाँ वर्ष २०२० मा विश्वका कुन घटनामा जाला सबैको ध्यान ?

अंग्रेजी नयाँ वर्ष तथा नयाँ दशक आउनै थालेको छ । यो नयाँ वर्षमा विश्वभर के के होला भन्ने विषयमा विभिन्न अनुमान पनि गरिएका छन् । 

अबको यो वर्षमा के कुरा बढी चर्चामा होलान् त ? के कुरामा धेरैले ध्यान देलान् ? विश्वमा कस्ता घटनाहरु हुनेछन् ? एजेन्सीको सहयोगमा हामीले तयार पारेको एक रिपोर्टः

 

नयाँ अमेरिकी राष्ट्रपति

अमेरिकामा अबको वर्षमा राष्ट्रपतिका लागि निर्वाचन हुँदैछ । त्यसैले अमेरिकाले नयाँ राष्ट्रपति पाउन सक्नेछन् । यो फरक कुरा हो कि अहिलेका राष्ट्रपति डोनाल्ड ट्रम्प नै पनि फेरि दोहोरिन सक्नेछन् । 

तर, अहिले नै यसबारे अनुमान गर्न कठिन हुनेछ । किनकि अहिले ट्रम्पविरुद्ध महाभियोगको प्रक्रिया सुरु भएको छ । अनि फेरि डेमोक्रेटिक पार्टीले आफ्नो उम्मेदवार पनि छानिसकेको छैन । 



तर, सिनेटको दौड महत्वपूर्ण चाहिँ हुँदैछ । किनकि अमेरिकामा ३ जनवरीदेखि यसको चुनावी प्रक्रिया सुरु हुँदैछ । 

अहिले १०० सिटमा रिपब्लिकनको ५३ मा कब्जा भएको छ । ट्रम्पको पार्टी चुनावमा २३ सिटमा कब्जा गरिसकेको छ । डेमोक्रेट्ससँग १२ सिट छन् । अहिले तल्लो सदनमा चाहिँ डेमोक्रेट्सको बहुमत छ । 



 

नयाँ अरब क्रान्ति ?

सन् २०१९ का पछिल्ला छ महिनामा इराक, इजिप्ट तथा लेबनानमा विरोध प्रदर्शन सुरु भएका छन् । यही वर्ष सुरुवातमा अल्जेरिया तथा सुडानमा विरोध प्रदर्शनहरु भएका छन् । यसलाई विश्लेषकहरुले अरब क्रान्ति भनेका छन् । 

यसलाई सन् २०११ को जस्तै जोडेर हेरिएको छ । यसको अर्थ हो, अब अरब देशमा विरोध प्रदर्शन सुरु भएको छ । 

 

नयाँ ग्रहको खोजी

हाम्रो सौर्यमण्डलभन्दा बाहिर दोस्रो ग्रहको अस्तित्व भएको कुरा नयाँ होइन । सन् १९९० यता अहिलेसम्म ४ हजार ग्रह खोजिइसकेका छन् । 

अब यो वर्षसहित अन्य दुई वर्षमा ४ सयदेखि ५ सयसम्म नयाँ ग्रहको खोज गर्ने युरोपियन स्पेस एजेन्सीले योजना बनाएको छ । 

 

चीनले दिने ध्यान

केही महिनायता सुरु भएको हङकङ आन्दोलन अझै रोकिने छाँटकाँटमा छैन । यही वर्ष ताइवानमा नयाँ चुनाव हुँदैछ, राष्ट्रपतिका लागि । ११ जनवरीमा हुने यो निर्वाचन चीनका लागि विशेष हुनेछ । अनि हङकङमा भइरहेका आन्दोलनलाई कसरी अगाडि बढ्ला भन्नेले पनि चीनलाई तनावमा पार्न सक्छ । 

 

एक भएका अफ्रिकी देश

 ३० मे २०१९ देखि अफ्रिकी महाद्विपीय मुक्त व्यापार क्षेत्र अस्तित्वमा आएको छ । यसमा ५४ देश सहभागी छन् । यसलाई अफ्रिकी मुलुकमा आउने ठूलो परिवर्तनका रुपमा लिइएको छ किनकि यसले नै अब त्यहाँको राजनीतिक तथा आर्थिक र कुटनीतिक क्षेत्रमा ठूलो प्रभाव राख्नेछ । 

 

ओलम्पिक खेल 

विश्वमा चर्चामा रहिरहने प्रतियोगिता हो, ओलम्पिक खेल । २४ जुलाईबाट सुरु हुने ९ अगस्टमा टोकियोमा हुने ओलम्पिकबारे पनि यसपटक निकै धेरैको ध्यान जानेछ । 

यसपटक ओलम्पिकमा दिइने सबै पदक जापानले फालिएको फोहोर प्रशोधन गरेर बनाएको हो । 

 

सकिँदैछ मलेरिया ? 

लामखुट्टेको टोकाइबाट हुने रोग मलेरियाका कारण सन् २०१८ मा ४ लाखभन्दा धेरैको मृत्यु भएको थियो । यो विश्व स्वास्थ्य संगठनमा भएको तथ्यांक हो । तर, अब विस्तारै मलेरिया धेरै देशबाट उन्मूलन भइसकेको छ । 

सन् २०२० को अन्त्यसम्म यो रोगलाई विश्वबाट नै उन्मूलन गरिने लक्ष्य लिइएको छ । 

  • प्रकाशित मिति : पुस १०, २०७६ बिहीबार २२:५:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया