म्याग्दी– मालिका गाउँपालिकाले गर्भवती महिलाको स्वास्थ्य र पोषणा अवस्थामा सुधार ल्याउन ‘घरघरमा झन्डा, हातहातमा अन्डा’ अभियान सुरु गरेको छ । गाउँपालिकाले चालू आर्थिक वर्षमा गर्भवती र सुत्केरी महिला तथा नवजात शिशुको स्वास्थ्यलाई लक्षित गरी सबै वडामा ‘उपाध्यक्षसँग गर्भवती महिला भेटघाट’ कार्यक्रम कार्यान्वयनमा ल्याएको हो ।
मालिका–२ रुमबाट मंगलबार अभियानको औपचारिक सुरुवात गरिएको गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले जानकारी दिइन् । ‘वडाभित्र रहेका गर्भवती महिलालाई घरमा राख्न हरियो झन्डा र पोषणका लागि अन्डा वितरण सुरु गरेका छौँ,’ उनले भनिन्, ‘एकजना गर्भवती महिलालाई एक क्रेट अन्डा प्रदान गर्नेछौँ ।’
वडाभित्र रहेका ४९ जना गर्भवती महिलालाई गाउँपालिकाका उपाध्यक्ष बिटालु, वडाध्यक्ष नरबहादुर पुन, कार्यपालिका सदस्य गौमती चापागाईं, स्वास्थ्य संयोजक सन्तु कार्कीलगायतले झन्डा र अन्डा वितरण गरेका छन् । झन्डामा पेटमा बच्चा हुर्कंदै गरेको लोगोसमेत छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।