१ जनवरी मै किन मनाइन्छ नयाँ वर्ष ?

एजेन्सी– विश्वका विभिन्न देशमा नयाँ वर्ष १ जनवरीमा मनाइँदै छ । यसपटक पनि नयाँ वर्ष आउँदै छ । नयाँ वर्षसँगसँगै सन् २०२० देखि नयाँ दशक पनि सुरु हुँदैछ ।

आखिर १ जनवरी नै किन नयाँ वर्ष मनाइयो ? 

वास्तवमा भन्ने हो भने ग्रेगोरियन क्यालेन्डर फलो गर्ने सबै देशले जनवरीमा नै नयाँ वर्ष मनाउनै पर्छ भन्ने पनि छैन । कतिपयले आफ्नो देशको नयाँ वर्ष अरु कुनै वर्षमा आफैं मनाउने गरेका छन् । यस्तै एउटा उदाहरण हो, चीन । चीनमा पनि ग्रेगोरियन क्यालेन्डर फलो गरिन्छ । तर, त्यहाँ नयाँ वर्ष चिनियाँ वर्षका आधारमा नै मनाइने गरेको छ । 

त्यसो त शताब्दियौँसम्म पनि नयाँ वर्ष २५ मार्चमा मनाउने चलन थियो । कतिले २५ डिसेम्बरमा पनि नयाँ वर्ष मनाउने गरेका थिए । 

तर, रोमन राजा नुमा पोम्पिलियसले यसलाई परिवर्तन गरेर १ जनवरीमा नयाँ वर्ष मनाउने बनाए । 

उनको राज्य चलाइरहेको समयमा (७१५–६७३ विफोर क्राइस्ट) नै उनले यो क्यालेन्डरलाई पुर्ननिर्माण गरे । अनि मार्चमा मनाउन थालिएको नयाँ वर्षलाई १ जनवरीमा मनाउन थालियो ।



यसको पनि कारण छ । खासमा रोमनहरुले जानसलाई सुरुवातका भगवान मान्छन् । मार्चलाई युद्धका भगवान मान्ने गरेका छन् । त्यसैले सुरुवाती भगवानको नाममा राखिएको जनवरीलाई नै नयाँ वर्षको सुरुवातका रुपमा मान्न थालिएको पनि हो । 

१५३ विफोर क्राइस्टसम्म १ जनवरीलाई नै नयाँ वर्ष नमानिएका विभिन्न उदाहरण नभएका पनि होइनन् । 



तर, बीचमा फेरि जनवरीलाई वर्षको पहिलो महिना मान्न छाडियो । 

त्यसैले ग्रेगोरी १३ औंले नयाँ क्यालेन्डरलाई ल्याए । यो सन् १५८२ को कुरा हो । उनले त्यो नयाँ क्यालेन्डरमा फेरि जनवरीलाई पहिलो वर्षका रुपमा राखे । 

इटाली, फ्रान्स तथा स्पेनले यसलाई तत्काल स्वीकार गरे । तर, बेलायत र अमेरिकाले सन् १७५२ सम्म पनि यो नयाँ क्यालेन्डर स्वीकार गरेका थिएनन् । उनीहरुले त्यति बेलासम्म नयाँ वर्ष २५ मार्चमा मनाउने गरेका थिए ।

अब अहिले त क्रिश्चियन देशहरुमा मात्र होइन, अन्य देशहरुमा पनि यही क्यालेन्डर प्रयोग गर्न थालिएको छ । चीनले सन् १९१२ देखि मात्र यो क्यालेन्डर प्रयेग गर्न थालेको हो । तर, चीनमा नयाँ वर्ष चाहिँ अरु नै समयमा मनाइन्छ । 

इथियोपियामा पनि यही क्यालेन्डर फलो गरिन्छ । तर, त्यहाँ पनि सेप्टेम्बरमा नयाँ वर्ष मनाइन्छ ।

  • प्रकाशित मिति : पुस १४, २०७६ साेमबार ११:४२:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया