काठमाडाैं— प्रधानमन्त्री केपी शर्मा ओलीले आजदेखि शुरु भएको नयाँ वर्ष सन् २०२० को अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
बिदा भएको सन् २०१९ नेपालको सुस्थिर राजनीतिक उपलब्धिको वर्षका रुपमा रहेको, यसै वर्ष अन्तरराष्ट्रिय जगतमा नेपालको उपस्थितिलाई थप प्रभावकारी बनाउन सकेको तथा दूरगामी महत्वको ऐतिहासिक नेपाल भ्रमणमा मित्रराष्ट्रका पाहुनालाई सत्कार गरेको प्रधानमन्त्रीले उल्लेख गरेका छन् ।
“यही समयमा हामीले पृथकतावादी प्रवृत्तिलाई सधैंँका लागि अन्त्य गर्यौंँ । विकासका केही दूरगामी योजना यसै वर्ष थालनी गर्यौंँ भने जनताको जीवनमा प्रत्यक्ष परिवर्तन महसुस गराउने केही आयोजना सम्पन्न गर्याैँ”, प्रधानमन्त्रीले सन्देशमा उल्लेख गरेका छन् ।
व्यवसायका लागि सुरक्षित राष्ट्रका रुपमा नेपालको स्थान केही माथि पुगेको तथा आयात कटौती र निर्यातमा केही वृद्धि गरी सुदृढ अर्थतन्त्रको जग बसाल्न सफल भएको प्रधानमन्त्रीले बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।