ओलीसँग प्रचण्डले भने– अन्तरपार्टी शक्ति सन्तुलनका लागि पनि सभामुख छाड्न सकिन्न

काठमाडौं– नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सभामुख नछाड्ने अडान राखेका छन् । नेकपाकै अर्का अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा उनले लाई सभामुख पद पूर्वएमालेलाई नछाड्ने स्पष्ट पारेका हुन् ।

पार्टी एकता भए पनि दुई पार्टीको मनोविज्ञान अझै कायम रहेको अवस्थामा अन्तरपार्टी शक्ति सन्तुलन हेर्नुपर्ने अडान राख्दै उनले सभामुख पूर्वएमालेलाई छाड्न नसकिने अडान राखेका हुन् ।

प्रधानमन्त्री ओलीले भने पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई पुनः सभामुख बनाउन दाहलसमक्ष प्रस्ताव राखेका थिए । प्रचण्डले भने पार्टीभित्रको मनोविज्ञान ख्याल गर्न आग्रह गर्दै त्यसका लागि सभामुख आफ्नो पक्षले पाउनुपर्ने बताएका थिए । 

जबरजस्ती करणी प्रयासको आरोपमा थुनामा रहेका तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि असोजदेखि सभामुख पद रिक्त छ । कसलाई सभामुख बनाउने भन्नेमा नेकपामा एक् मत हुन नसकेै कारण प्रतिनिधिसभाको बैठक दुईपटक सूचनामार्फत स्थगित भइसकेको छ ।





  • प्रकाशित मिति : पुस १७, २०७६ बिहीबार १७:३४:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया