सूचना प्रविधि विधेयकलाई लिएर भ्रम सिर्जना गर्न खोजियाे : मन्त्री बाँस्कोटा

काठमाडाै‌ं– सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले सूचना तथा सञ्चार प्रविधि विधेयकको विषयलाई लिएर भ्रम सिर्जना गर्न खोजिएको भन्दै भ्रममा नपर्न आग्रह गरेका छन् ।

मन्त्रिपरिषद्काे निर्णय सार्वजनिक गर्न बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले उक्त विधेयकबारेमा तथ्यलाई छोपेर भ्रम सिर्जना गर्न खोजिएको बताए ।

नेपालमा सञ्चालन हुने सामाजिक सञ्जालहरु दर्ता गर्नैपर्ने भन्दै उनले प्रत्येक नागरिकले दर्ता गर्नुपर्छ भन्ने तरिकाले हल्ला फैलाइएको उल्लेख गरे ।

यस्तै, विधेयकको धारा १५ को उपदफा २ मा कसैको बारेमा उजुरी पर्यो भने मात्रै सरकारले अनुसन्धान गर्ने उल्लेख भएको जानकारी दिए । उनले कानुनविपरीत नभए कसैलाई पनि कारबाही नहुने स्पष्ट पारे ।





  • प्रकाशित मिति : पुस १७, २०७६ बिहीबार १८:०:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया