Sat, 15 Aug, 2020


अमेरिकामा नेपाली विद्यार्थीकाे मृत्यु
फरकधार / पुस १८, २०७६

अंग्रेजी नयाँ वर्षकै दिन बुधबार अमेरिकामा नेपाली विद्यार्थीको मृत्यु भएको छ । रौतहट स्थायी घर भएका २२ वर्षीय हिमाल तिमल्सिनाको म्यासाचुसेट्स राज्यको स्टोनहृयाममा मृत्यु भएको हो ।



नेपाली साथीहरुसँग बस्दै आएका तिमल्सिनाको गत सोमबार आफनै निवासको सिँढीबाट लडेर टाउकोमा गम्भीर चोट लागेको थियो ।

वर्लिगटनको ‘लेही हस्पिटल एण्ड मेडिकल सेन्टर’मा उपचारकै क्रममा उनको मृत्यु भएको बोस्टनस्थित ग्रेटर बोस्टन नेपलिज कम्युनिटीले जनाएको छ। पोष्टमार्टमका लागि उनको शवलाई बोस्टन लगिएको छ। ग्रेटर बोस्टन नेपलिज कम्युनिटीले मृतकको अन्त्येष्टिका लागि गोफन्डमा रकम संकलनको कार्यसमेत थालेको छ ।

 सन २०१४ मा स्नातक तहको शिक्षाका लागि अमेरिका आएका तिमल्सिना, म्यासेच्युष्ट राज्यको क्वीन्सी कलेजमा अध्ययनरत थिए । आंशिक रुपमा उनी स्टोनहृयामकै एक रेस्टुरेन्टमा समेत काम गर्दै आएका थिए ।


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्