माछापुच्छ्रे बैंकले सुरु गर्यो ‘माछापुच्छ्रे ग्राहक सेवा केन्द्र’

काठमाडौं– ग्राहकको सुविधालाई मध्यनजर गर्दै माछापुच्छ«े बैंकले माछापुच्छ«े ग्राहक सेवा केन्द्र सन्चालनमा ल्याएको छ । 

यो सेवा केन्द्र ग्राहकहरुलाई छिटा छरितो र सहज रुपमा सुविधा प्रदान गर्ने उद्देश्यका साथ ल्याइएको हो ।

माछापुच्छ«े बैंकले अन्तर्राष्ट्रियस्तरका एसआइपी पिबिएक्समा आधारित  आइभिआर बैंकिङ र अडियो नोटिस बोर्डसहितको अत्याधुनिक प्रविधिको ओम्नीच्यानल ग्राहक सेवा केन्द्र सन्चालनमा ल्याएको हो । ग्राहकले बैंकको विपिभन्न सामाजिक सन्जालमार्फत् अब सिधै माछापुच्छ«े ग्राहक सेवा केन्द्रमा सम्पर्क स्थापित गर्न सक्नेछन् ।

बैंकको गुणस्तरिय सेवा विस्तारका साथै देश तथा बिदेशमा रहेका ग्राहकहरुलाई बैंकसँग सम्बन्धित सूचना आदान–प्रदान गर्न ग्राहक सेवा केन्द्रले मूख्य भूमिका खेल्नेछ । ग्राहकहरुले ०१५९७०५५५ नम्बरमा फोन गरि आफूलाई आवश्यक परेको जानकारी तत्काल प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । 

यसअघि नै माछापुच्छ«ेले क्युआरकोड, अनलाइनमार्फत् खाता खोल्ने, इन्टरनेट बैंकिङलगायतका सुविधा दिँदै आएको छ । 

माछापुच्छ«े बैंकले १४५ वटा शाखा, १३८ शाखारहित बैंकिङm १७९ एटिएमबाट सेवा दिँदै आएको छ । 





  • प्रकाशित मिति : पुस २३, २०७६ बुधबार १२:१५:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया