मोदी र बनर्जी एउटै मन्चमा !

एजेन्सी– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार दुई दिनका लागि पश्चिम बंगालमा पुग्दै छन् । पश्चिम बंगालको राजधानी कोलकातामा उनले नागरिकता कानुनको विषयमा पनि बोल्ने अपेक्षा गरिएको छ । 

यसमा आश्चर्य त के हुनेछ भने पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले यसको व्यापक विरोध गरिरहेकी छिन् । र, यहीबीच यी दुई एउटै मन्चमा देखिँदै छन् । त्यसैले यसलाई भारतीय मिडियाले प्राथमिकता दिएका छन् । 

त्यसो त मोदी र बनर्जीले आइतबार भेटघाट पनि गर्दै छन् । 

हिजोबाट भारतमा नयाँ नागरिकता कानुन लागु भएको छ । तर, पश्चिम बंगालमा यो कानुन लागु नगर्ने अडान लिँदै आएकी छिन्, बनर्जीले । 





  • प्रकाशित मिति : पुस २६, २०७६ शनिबार ९:३५:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया