नाइजेरियाको सैन्य बेस क्याम्पमा विद्रोही आक्रमण, ८९ जनाको मृत्यु

नाइजेरिया– नाइजेरियाको नाइजर सैन्य बेस क्याम्पमा विद्रोही लडाकुले गरेको आक्रमणमा परी ८९ जनाको मृत्यु भएको छ । यस वर्ष नाइजेरियन सैनिक क्याम्पमाथि भएको यो दोस्रो घातक आक्रमण हो ।

विद्रोही लडाकुको आक्रमणमा गत महिना ७१ सैनिकको मृत्यु भएको थियो । बिहीबार नाइजेरियन सरकारले २५ सैनिकको मृत्यु भएको र अन्य केही घाइते भएको बताएको थियो । तर, सुरक्षा स्रोतका अनुसार उक्त आक्रमणमा ८९ सैनिकको मृत्यु भएको छ । 

केही मृतक सैनिकको बिहीबार नै घटनास्थल नजिकै अन्त्येष्टि गरिएको थियो । रक्षा मन्त्री इसोफोउ काताम्बेले आइतबार बस्‍ने राष्ट्रिय सुरक्षा परिषद्‍को बैठकपछि कति जनाको मृत्यु भएको थियो भन्‍ने आधिकारिक र विस्तृत जानकारी दिइने बताएका छन् । 





  • प्रकाशित मिति : पुस २७, २०७६ आइतबार १६:१९:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया