ओस्कर अवार्डमा जोकर ११ विधामा मनोनित

एजेन्सी– यो वर्षका लागि ओस्कर पुरस्कारमा मनोनयनमा परेका फिल्म तथा अभिनेताहरुको नाम घोषणा गरिएको छ । यस वर्ष जोकर फिल्म सबैभन्दा धेरै ११ विधामा मनोनयनमा परेको छ । 

जोकरलाई उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशक, उत्कृष्ट अभिनेताका साथसाथै आठ अन्य विधामा मनोनयन गरिएको हो ।

द आइरिसम्यान, १९१७ तथा वान्स अपन अ टाइम इन हलिउडलाई १०–१० विधानमा मनोनयनमा पारिएको छ । 

बेलायतका सिंथिया एरिभो, एन्थनी हपकिन्स, जोनाथन प्राइस, फ्लोरेन्स प्यू अभिनयको विधाका लागि मनोनयनमा परेका छन् ।

जोकर त गत साता ब्रिटिस एकेडेमी फिल्म अर्वाडसमा पनि ११ विधामा मनोनित भएको थियो ।

जोकरसँगसँगै उत्कृष्ट फिल्म विधमा द आइरिसम्यान, १९१७ तथा वान्स अपन अ टाइम इन हलिउड पनि मनोनयनमा परेका छन् ।



वान्स अपन अ टाइम इन हलिउडमा सर्पोटिङ रोलका लागि ब्राड पिट पनि मनोनयनमा परेका छन् ।  



  • प्रकाशित मिति : पुस २९, २०७६ मंगलबार ११:२५:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया