बसभित्र अश्लिल हर्कत गर्ने रुचालः भागेर दिल्ली र कास्मिर पुगेका थिए

काठमाडौं– महिलामाथि हुने हिंसाको एउटा विद्रुप रुप एक वर्षअघि सामाजिक सन्जालमा भाइरल भएको थियो । एउटा गुडिरहेको सार्वजनिक बसमा एक युवाले हस्तमैथुन गर्दै गरेको भिडियो सार्वजनिक भएको थियो । 

सामाजिक सन्जालमा मात्र नभएर पोर्न साइटहरुमा पनि उक्त भिडियो राखिएको थियो । त्यति बेला यो भिडियोको चर्को आलोचना भएको थियो  । केही महिला अभियन्ता यस विषयमा उजुरी गर्न प्रहरी महाशाखामा समेत पुगे । 

सार्वजनिक बसमा हस्तमैथुन गरेर बीर्य निकालेर महिलाको कपालमा छ्यापेको त्यही भिडियो बनाएका व्यक्ति रविन सार्कीलाई प्रहरीले मंगलबार सार्वजनिक गरेका छ । 

तनहुँका रवीन यो घटनाछि चितवनमा पुगेर लुक्दै आएका थिए । प्रहरीले यो घटनामाथि अनुसन्धान गरिरहेको थाहा पाएपछि उनी गत वर्ष नै भारतको दिल्ली पुगेका थिए । 

काठमाडौंमा बसेर रिक्सा चलाउँदै आएका रवीनले नयाँ दिल्लीमा एउटा मम कम्पनीमा काम गर्ने गरेको पनि प्रहरीलाई बताएका छन् । उनले त्यो भिडियो आफूले नै बनाएको पनि स्वीकार गरेका छन् ।

नयाँ दिल्लीमा केही महिना काम गरेपछि कास्मिरसमेत पुगेका रविन फेरि फर्किएर नयाँ दिल्लीमा काम गर्न थालेका थिए । केही महिनाअघिमात्र उनी चितवन आएका थिए । प्रहरीले लामो अनुसन्धानपछि उनलाई सोमबार चितवनमा पक्राउ गरेर मंगलबार काठमाडौंमा सार्वजनिक गरेको हो । 





  • प्रकाशित मिति : पुस २९, २०७६ मंगलबार १३:४०:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया