बालुवाटार जग्गा प्रकरणका योजनाकार ढकालको घरमा विप्लव समूहले गरायाे बम विष्फोट

काठमाडाैं– बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा लैजाने प्रकरणका योजनाकार मानिएका शोभाकान्त ढकालको घरमा बम विष्फोट भएको छ । नागार्जुन नगरपालिका ढुंगेधारा नजिकै रहेको घरमा बुधबार साँझ शक्तिशाली बम विष्फोट भएको हो । 

विष्फोटमा कुनै मानवीय क्षति नभएको काठमाडौं परिसरका डिएसपी होबिन्द्र बोगटीले बताए । विष्फोटबाट घरको गेटमा क्षति पुगेको छ भने झ्यालका सिसा फुटेका छन् । 

ढकालको घरमा कुकर बम विष्फोट भएको हुनसक्ने देखिएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानले कुकुर बम विष्फोट भएको हुनसक्ने देखिएको हो ।

विस्फोट हुँदा ढकालको परिवारका सदस्यहरु घरमै थिए ।

विप्लव समूहले विस्फोटको जिम्मा लिएको छ । बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने र बेच्ने योजनाको मुख्य योजनाकार भएकाले ढकालको घरमा सेवोटेज गरिएको विप्लव समूहले जनाएको छ ।





  • प्रकाशित मिति : माघ २, २०७६ बिहीबार २:२१:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया