माघीमा देउडा प्रतियाेगिता

माघी पर्वको अवसरमा जुम्लाको खलंगास्थित टुँडिखेल मैदानमा देउडा प्रतियोगिता आयोजना गरिएको छ । जुम्लालगायत सुदूरपश्चिमको मौलिक पहिचान देउडा संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले देउडा प्रतियोगिता आयोजना गरिएको हो ।

कर्णाली देउडा समाज जुम्लाले खस भाषाको उत्पत्तिसँगै सुरु भएको मानिएको देउडा खेल्ने प्रचलन पछिल्लो समय हराउन थालेकाले संरक्षण र प्रवद्र्धनका लागि देउडा प्रतियोगिता आयोजना गरिएको जनाएको छ । समाजका अध्यक्ष पूर्णप्रसाद धितालले देउडा कर्णालीमै पनि लोप हुन लागेकाले देउडा संस्कृति जगेर्ना गर्न प्रतियोगिता आयोजना गरिएको बताए । ‘माघीमा देउडा मेलाका रूपमा कार्यक्रमलाई निरन्तरता दिन्छौँ,’ उनले भने, ‘जिल्लाका गाउँ–गाउँमा पनि संरक्षण र जनचेनताका कार्यक्रम ल्याउनेछौँ ।’

पहिलोपटक आयोजना गरिएको प्रतियोगितामा जिल्लाका आठवटै स्थानीय तहबाट उल्लेख्य सहभागिता रह्यो । प्रतियोगितामा सहभागीले कलामार्फत देउडा जोगाउनुपर्ने सन्देश प्रवाह गरे । महिलाहरू गुन्यु चोलो र पुरुषहरू दौरा–सुरुवालमा सजिएका थिए । जुम्लाका स्थानीय युवा नवराज नेपालीले स्थानीय तहले देउडा संस्कृति संरक्षणमा विशेष जोड दिनुपर्ने बताए ।





  • प्रकाशित मिति : माघ २, २०७६ बिहीबार २:२३:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया