जनयुद्धमा मारिएका पाँच हजारकाे जिम्मा लिन्छु: प्रचण्ड

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले १० वर्षे जनयुद्धको क्रममा मारिएका मध्ये ५ हजारको मात्रै आफूले जिम्मा लिने बताएका छन्। माघीको अवसरमा टुंडिखेलमा भएको कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन्।

धेरैले अहिले पनि १० वर्षे जनयुद्धको क्रममा १७ हजार मारेर आएको भन्ने गरेर गलत तथ्याङ्क भन्ने गरेको बताउँदै दाहालले १२ हजार सामन्ति राजाहरुले मारेको बताए। 'हिजोको सामन्ति राजाहरुले १२ हजार मारेका हुन्। मलाई ५ हजारको जिम्मा दिनुहुन्छ भने म लिन्छु। तर राजाहरुले मारेको १२ हजारको चाँही कुरा नहुने? हिजो राज्यले मारेका १७ हजार मध्ये १२ हजारको कुरा नहुने, राज्यले मारेको पनि मेरै टाउको हाल्ने गरियो भने यो न्याय हुँदैन', दाहालले भने, 'मैले सधै भन्ने गरेको छु युद्धको जिम्मा म लिन्छु। त्यहाँ भएका राम्रा नराम्रा कामहरुको म जिम्मेवार छु।'

अध्यक्ष दाहालले प्रहरी हिरासतमा रहेका सांसद रेशम चौधरी छिट्टै जेलबाट छुट्ने आश्वासन समेत दिएका छन्। सम्बोधनका क्रममा दाहालले रेशम मात्रै नभएर जनयुद्धका क्रमका धेरै मान्छेहरु जेलमा रहेको र सबैलाई छोड्न पहल भइरहेको बताए।

उनले थारु मात्रै नभएर पहाडी समुदायका बाहुन क्षेत्र समेत जेल रहेको बताएका छन्। दाहालले मोरङबाट सेनाभित्र विद्रोह गरेर जनमुक्ति गएका व्यक्तिलाई पनि समातेर जेलमा हलिएको बताए। अध्यक्ष दाहालले प्रधानमन्त्रीको हैसियत रेशम चौधरीलाई दिल्लीमा भेट्ने पहिलो व्यक्ति आफू भएको पनि बताएका छन्। दिल्लीमा रेशम चौधरीसँग खुलेर तपाईका मागहरु के हुन राख्नुहोस् भनेर कुरा गर्ने आफू नै पहिलो व्यक्ति भएको बताए। दाहालले चौधरीलाई सांसदको सपथ खुवाउनका लागि सभामुख देखि सरकारसम्मलाई आफूले कुरा राखेको पनि बताए।





  • प्रकाशित मिति : माघ २, २०७६ बिहीबार २:२६:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया