प्रहरी बर्दीमै नेपाल छिर्ने नौ भारतीयलाई सोधपुछपछि फिर्ता पठाइयो

काठमाडौं– नेपाल प्रहरीले प्रहरी बर्दीमै नेपाल छिर्ने केही भारतीय प्रहरीसहित नौजनालाई नियन्त्रणमा लिएर साेधपुछपछि फिर्ता पठाइएकाे छ । प्रहरीले बुधबार कैलालीको चिसापानीबाट उनीहरुलाई नियन्त्रणमा लिएको थियाे । 

उनीहरूले आफूहरू भारतको बहराइच जिल्लामा मन्त्री सहभागी हुने कार्यक्रमका खटिएको तर मन्त्री सवारी हुनुपर्ने कार्यक्रम रद्द भएपछि घुम्नका लागि नेपाल प्रवेश गरेको बताएका थिए ।

उनीहरू रुपडिया नाका हुँदै युपी३२ डिजेट ४३५४ नम्बरको भारतीय गाडीमा नेपाल छिरेका थिए । त्यसपछि कर्णाली पुल हेर्ने भन्दै बाँके, बर्दिया पार गरेर कैलाली पुगेका थिए ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार नियन्त्रणमा लिएर सोधपुछ गरेपछि प्रहरीले उनीहरुलाई फिर्ता पठाइएको छ । उनीहरूले आफ्ना हतियार नाकामा छाडेर आएको बताएको प्रहरीले जनाएको छ । 
 





  • प्रकाशित मिति : माघ ३, २०७६ शुक्रबार १८:४५:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया