मिडिया काउन्सिल विधेयकका प्रावधान सच्याउन सरकार सकारात्मक

काठमाडौं– संसद्मा दर्ता भएको मिडिया काउन्सिल विधेयकमा जरिवाना, क्षतिपूर्ति र सजायको व्यवस्था हटाउन सरकार तयार भएको छ । सञ्चारमन्त्री गोकुल बाँस्कोटाले आइतबार राष्ट्रिय सभा विधेयकमाथि छलफलको क्रममा बोल्दै विधेयकमा जरिवानाको अंक उल्लेख गरिराख्न आवश्यक नरहेको बताएका छन् ।  

सो विधेयकको प्रतिपक्षी दल नेपाली कांग्रेस र पत्रकार महासंघसहित सञ्चार क्षेत्रले व्यापक विरोध गरिरहेको छन् । यसअघि सरकारले ल्याएको विधेयकमा आमसञ्चार माध्यम, पत्रकार, प्रकाशकलाई काउन्सिलले २५ हजार देखि १० लाखसम्म जरिवाना गराउन सक्ने प्रावधान थियो । 

मन्त्री बाँस्कोटा विधेयकका प्रावधान सच्याउन सकरात्मक देखिएका छन् । सरकारले ल्याएको विधेयकमा प्रेस काउन्सिलले आचारसंहिता उल्लंघनमा काउन्सिलले जरिवाना गर्न सक्ने र कारबाही गर्न जिल्ला अदालतमा सिफारिस गर्न सक्नेसम्मको प्रावधान थियो । 





  • प्रकाशित मिति : माघ ५, २०७६ आइतबार १६:३७:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया