Fri, 10 Jul, 2020


धर्म र ओशो
स्वामी सुबासचन्द्र
फरकधार / माघ ५, २०७६

आनन्द छ, आफूभित्र बाहिर खोज्दा भेटिँदैनन्, धन, पद जति जोड तृष्णा कहिलै मेटिँदैनन् । धर्मले मानवको कल्याण गर्नुपर्दछ। कल्याणको अर्को नाम नै धर्म हो । धर्मको समष्टिगत स्वरूप नै कर्तव्य हो । संसारमा जन्म लिएका वा अस्तित्वमा रहेका हरेकले आ–आफ्नै प्रकारका धर्म निर्वाह गर्नुपर्दछ । सूर्यको उदाउने–अस्ताउने क्रिया होस् वा नदी निरन्तर बग्ने वा हिमाल अटल भएर ठडिरहने क्रिया नै किन नहोस् सबैले आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गरिरहेकै छन् ।
 
त्यस्तै, हामी पनि हिन्दू, बौद्ध, इस्लाम, क्रिस्चियन आदिका अनुयायी बनेर एकएकथरी धर्म अँगालेका छौँ भन्छौँ । कोही मन्दिर, कोही मस्जिद, कोही गुम्बा त कोही चर्चमा ईश्वर रहेको महसुस गर्छौं । तिनै ईश्वर प्राप्तिका लागि भनेर पूजापाठ गर्ने, खसीबोका, हाँसकुखुरा बली दिने गर्छौं । कोही मूर्तिका सख्त विरोधी छौँ त कोही अन्धभक्त छौँ ।  हिन्दूले लक्ष्मी माता मानेर पूजा गर्ने गाई मुस्लिमको अल्लाह खुसी पार्ने आधार बन्छ । यसप्रकार विरोधाभाषी क्रियाकलापमार्फत हामी मान्छे कर्तव्य निर्वाह र धर्म प्राप्तिको मार्गमा सरिक छौँ । फलस्वरूप धनजनको स‌हार गर्ने धर्मयुद्ध भएका छन्, भइरहेका छन् ।
 
कुनै कुरा नसोची, कुनै विचार नगरी, कुनै कुराको चाहना र कामना नगरी सिर्फ श्वासप्रश्वासको आउने जाने प्रक्रियामा साक्षी भएर हेर्दै जाने हो भने एउटा क्षणमा पुगेर निर्विचार साक्षी भावलाई समात्न सकिन्छ । धर्मको प्रचार र रक्षार्थ भनी खर्चिला यज्ञयज्ञादि, तीर्थयात्रा, गोष्ठी, सम्मेलन आदि भइरहेकै छन् । र, पनि न मानवसंहार रोकिएको छ, न त धन विनाश थामिएको छ । आजका मान्छेका मनमा लोभ, पाप, जालझेल, षड्यन्त्र, स्वार्थ, तेरो–मेरोको निकृष्ट भाव, क्षुद्रता, अह‌ंकार र इर्ष्या जागा अवस्थामा छ । कलुषित भाव, कामेच्छा, मद, मात्सर्य, दुष्टता,  पापाचार, दुराचार, अनाचारजस्ता कुभावनाले गर्दा मानवता नै हराउन थालेको छ । 



आजका हामी ढोँगी, स्वार्थी, संकीर्ण, आडम्बरी भएर स्वावलम्वी तथा स्वनिर्भरसंस्कृतिका कुरा बिर्सी लुच्च्चा, लफंगा, स्वार्थी, निर्घिणी, कामचोर, दलाल, भ्रष्टचारी, द्रव्यपिपासु भइरहनु मानव सभ्यताकै दुर्भाग्य हो । मौखिकरूपमा हामीले सुमार्गमा फर्केका हुन सक्छौँ, तर हाम्रो मन फर्कन सकेको छैन ।

मन फर्काउन चित्तशुद्धिको अभियानमा सरिक रहनु आवश्यक हुन्छ । यसका अनगिन्ती मार्गमध्ये ध्यान, योग, प्रणायमको मार्ग एक महत्वपूर्ण मार्ग हो । ओशो विचार र वर्तमान ध्यान भनेको ऊर्जा, उत्प्रेरणा, स्फुरण र उर्बरताको अर्को नाम हो । ध्यानसाधना पथमा डुबुल्की लगाउनेले जीवनमा असीम अनुभूति आर्जनका संयोगहरू प्राप्त गर्छ ।  ध्यान गर्ने पनि छुट्टै किसिमको विधान छ । कुनै कुरा नसोची, कुनै विचार नगरी, कुनै कुराको चाहना र कामना नगरी सिर्फ श्वासप्रश्वासको आउने जाने प्रक्रियामा साक्षी भएर हेर्दै जाने हो भने एउटा क्षणमा पुगेर निर्विचार साक्षी भावलाई समात्न सकिन्छ ।

त्यसपछि भने असीमताको अनुभूति हुन थाल्छ । यसले विवेक र प्रज्ञा, समझ र संवेदना बढाउँछ। हिन्दू धर्मले सत्य, चेतना र आनन्दमय (सचितानन्द) मानेको हामीभित्रको विशाल ऊर्जा जसलाई सक्रिय पार्न ध्यान, योग,प्रणायमको आवश्यकता पर्छ । 

चन्द्रमोहन जैन नामले बाल्यकालमा चिनिएका ओशो ११ डिसेम्बर १९३१ मा भारतको मध्यप्रदेश, जवलपुरमा जन्मेका र १९ जनबरी १९९० मादेह त्याग गर्न पुगेका ध्यान, योग, प्रणायम र सशक्त विचारबाट विश्वलाई नै बिउँझाउने एक दार्शनिक ओशोले मान्छेलाई सरल र सहज तवरले जिउने कला सिकाएका छन् । उनले हाँसोको माध्यमबाट मान्छेभित्रको आनन्दलाई उपयोग गर्न सकिने कुरा बताएका छन् । उनले परिस्थितिलाई होइन, मनस्थितिलाई बदल्न र जीवनदेखि डरले भागेर होइन, जागेर होससहितको कृत्यमा सरिक हुनुपर्ने जनाएका छन् । होस नै पुण्य र बेहोसी नै पाप भन्ने उनको दार्शनिकताको मूल पाटो हो । करिब ६ सय ५० पुस्तक ५० भन्दा बढी भाषामा प्रकाशन गरिसकेका ओशोले विविध विषयमा आफ्ना विचार प्रकट गरेका छन् । 

प्रस्तुत छन्, तीमध्ये वर्तमानलाई पक्रने केही विचार

राजनीति
राजनीतिको अर्थ हो अर्कोमाथि विजय पाउनु । जहाँ अरूमाथि विजय पाउनु छ, त्यहाँ सत्यको कुनै प्रयोजन हुँदैन । त्यसैले राजनीतिमा सत्यले कहिल्यै विजयप्राप्त गर्दैन । राजनीति सत्यको जगमा हुँदैन ।

जुन दिन राजनीतिमा सत्यको विजय हुन थाल्नेछ, त्यस दिन राजनीति खासमा राजनीति नै रहनेछैन । राजनीतिको गुणवेत्ता नैअर्कै हुनेछ । राजनीतिमा भंगवक्ता हुनेछ। मलाई लाग्छ, त्यसै दिन राजनीतिको बिदाइ हुनेछ। राजनीति धर्ममा रूपान्तरण हुनेछ ।

गुरु
धर्मलाई नष्ट गरिदिए पण्डित एवं पुजारीले । ठीक के हो भन्ने जान्ने मान्छे अरुलाई लडाउँदैन । अनुयायीहरू पछि उभिएर सारा उपद्रव खडा गर्दिन्छन् । त्यसैले कोही कसैको गुरु हुनुहुन्न भन्ने मेरो ठहर छ । यसो भएमा दुनियाँमा कतै उपद्रव हुन्न । अनुयायीले झमेला खडा गर्छन्, संगठन बनाउँछन् । त्यसैले यो दुनियाँमा जति शिक्षक जन्मन्छन् उनीहरूले ख्याल गर्नुपर्छ कि कोही कसैका गुरु र कोही ।


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्