सभामुख निर्वाचन माघ १२ गते

काठमाडौं– सोमबार बसेको संसद् बैठकले प्रतिनिधिसभाका सभामुख निर्वाचन तालिका बनाएको छ । जसअनुसार सभामुख निर्वाचन माघ १२ गते हुने भएको छ ।  

संसद्को जेष्ठ सदस्यको हैसियतामा महन्थ ठाकुरले बैठकको अध्यक्षता ग्रहण गरेका थिए । उनले माघ १२ गते हुने सभामुख निर्वाचनको कार्यतालिका प्रकाशन गर्न निर्देशन दिएका थिए ।  

यसअघि उपसभामुख पदबाट डा. शिवमाया तुम्वाहाङफेले दिएको राजीनामा पत्र संसदमा पढेर सुनाइएको थियो । सभामुखका लागि नेकपाले अग्नि सापकोटा र कांग्रेसले पुष्पा भुसाललाई उठाउने तयारी गरेको छ ।  

बैठकपछि संसद् सचिवालयले प्रकाशन गरेको तालिका अनुसार मंगलबार ११ बजेदेखि २ बजेसम्म सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावको सूचना दर्ता गर्ने, मंगलबार नै दर्ता भएका उम्मेदवारीको सूची प्रकाशन गर्ने र १२ गते आइतबार ३ बजे प्रतिनिधिसभाको बैठकमा निर्णयार्थ प्रस्तुत हुने उल्लेख छ । 





  • प्रकाशित मिति : माघ ६, २०७६ साेमबार १६:४७:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया