एजेन्सी– भारतको नोएडाको गौतमबुद्ध जिल्लाको अदालतले छोरीलाई बलात्कार गरेको आरोपमा बाबुलाई दोषी पाउँदै आजीवन कारावासको सजाय सुनाएको छ । सरकारी वकिल हरिश सिसोदियाले बुधबार यो जानकारी दिएका हुन् ।
उनका अनुसार यी बाबुले आफ्नी छोरीलाई बलात्कार गरेका थिए । त्यसअघि उनले घरबाट पत्नीलाई छोरी मात्र जन्माएको भन्दै निकालेका थिए । यी व्यक्तिका पाँच छोरी भएको र छोरा नपाएको झोंकमा उनले पत्नीलाई घरबाट निकालेको बताइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।