सभामुख उम्मेदवारविरुद्ध सर्वोच्चमा रिट दायर,  निर्वाचनमा के असर पर्छ ?

काठमाडौं– शुक्रबार सभामुख पदका एक मात्र उम्मेदवार अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । सापकोटा सभामुख पदका लागि अयोग्य रहेको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सापकोटाविरुद्ध रिट दायर गरेका हुन् । 

यसले सभामुखको निर्वाचनमा के असर पर्छ भन्ने विषय अधिवक्ता डा. चिरञ्जीवी भट्टराई भन्छन्, ‘यस्तो अवस्थामा सर्वोच्चले अन्तरिम आदेश जारी गर्यो भने चुनाव रोकिन्छ । अन्यथा निर्वाचन प्रक्रिया अगाडि बढ्छ ।’ 

यसमा अदालतले कस्तो धारणा बनाउँछ र कस्तो कदम चाल्छ भन्ने कुरा महत्वपूर्ण हुने उल्लेख गर्दै उनले भने, ‘मुद्दा दायर हुँदैमा अरु केही भइहाल्ने स्थितिचाहिँ हुँदैन । मुद्दा दायर भएपछि अदालतले मुद्दाउपर छलफल गर्दै निर्वाचन अघि बढाउन सक्ने प्रावधान कानुनमा छ । अदालतले निर्वाचन रोकेर नै प्रक्रिया अगाडि बढाउन पनि सक्छ ।’

भट्टराईले थपे, ‘सर्वोच्चले रिटउपर छलफल र निष्कर्ष हुनुअगाडि नै सभामुखको निर्वाचन भएर सापकोटा सभामुखमा निर्वाचित भइहाले पनि अदालतले अयोग्य ठहर गरी पदबाट हटाउन सक्छ ।’

समग्रमा चुनाव अदालतको निर्णयमा पूर्णतः निर्भर रहने अधिवक्ता डा. भट्टराईको भनाइ छ । 





  • प्रकाशित मिति : माघ १०, २०७६ शुक्रबार १३:४३:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया