श्रीलंकाका उपुल थरङ्गा ललितपुरमा

काठमाडौं— एभरेस्ट  प्रिमियर लिग (इपिएल)को  साविक विजेता ललितपुर प्याट्रियट्सले  श्रीलंकन  खेलाडी  उपुल थरङ्गालाई  इपिएलको तेस्रो संस्करणका लागि क्लबमा अनुवन्धन गरेको छ ।  

यही मार्च १४ बाट सुरु हुने इपिएलको तेस्रो संस्करणमा एउटा टिममा कम्तिमा ३ जना विदेशी खेलाडीमध्ये १ जना टेस्ट राष्ट्रको खेलाडी हुनैपर्ने नियम अनुसार ललितपुरले थरङ्गालाई क्लबमा भित्र्याएको हो ।

उपुलले श्रीलंकाकालागि ३१ टेस्ट म्याच खेलेका छन् जसमा उनले ३ सतक तथा आठ अर्धसतक सहित १,७५४ रन प्रहार गरेका छन् । टेस्टमा उनको  उच्च स्कोर १६५ रन हो । 

सन् २००५ मा भारतविरुद्धको खेलबाट टेस्टमा डेब्यु गरेका उनले सन् २०१७ मा भारतविरुद्ध नै अन्तिम टेस्ट खेलेका थिए । 

श्रीलंकाका लागि २३५ एक दिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका थरङ्गाले १५ सतक तथा ३७  अर्धसतक सहित ६,९५१ रन प्रहार गरेका छन् । एक दिवसीय अन्तर्राष्ट्रियमा उनको उच्च स्कोर १७४ रन हो ।

सन् २००५ मा वेस्ट इन्डिजविरुद्धको खेलबाट एक दिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका उनले सन् २०१९  मा  दक्षिण अफ्रिकाविरुद्ध अन्तिम एक दिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका थिए । 



श्रीलंकाकालागि २६ टि –२० अन्तराष्ट्रिय खेल खेलेका उनले ४०७ रन प्रहार गरेका छन् । टि –२० अन्तराष्ट्रियमा उनको उच्च स्कोर ४७ रन हो ।  

सन् २००६ मा इङ्गल्याण्ड विरुद्धको  खेलबाट  टि–२० अन्तराष्ट्रियमा डेब्यु गरेका  उनले सन् २०१८ मा बङ्गलादेश विरुद्ध अन्तिम टि –२० अन्तराष्ट्रिय खेल खेलेका थिए ।



  • प्रकाशित मिति : माघ १३, २०७६ साेमबार २१:२३:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया