अष्ट्रेलियाकाे आगाे निभाउन ना ङ्गा तस्वीर बेचेर कराेडाैँ कमाएकी माेडल

एक अमेरिकी मोडेलले अष्ट्रेलियाको भिषण आगलागी नियन्त्रणका लागि आफ्ना नाङ्गा तस्बीर अनलाइनमा बेचेर ठूलो रकम संकलन गरेकी छन् ।

‘लसएन्जेलसकी इन्स्टाग्राम मोडेल’ भनेर चिनिने २० वर्षीया केलेन वार्डले चारदिनअघि रकम संकलन थालेकी थिइन् । समाचारमा जनाइए अनुसार इन्टरनेटमा ‘सेक्स वर्क’ गर्ने केलेन ‘नग्न परोपकारी’ भनेर समेत चिनिन थालेकी छन् ।

विपद्का बेला सहयोग संकलन गरिरहेकी केलेनले उद्दारका लागि रकम संकलनको नयाँ विधि अपनाएकी छन् । उनले अष्ट्रेलियाका लागि करिब १० अमेरिकी डलर सहयोग गर्ने प्रत्येकलाई आफ्नो नग्न तस्बीर पठाउँदै सहयोग रकम संकलन गरिरहेकी छन् ।

पैसा दिनेलाई उनी दान गरेको प्रमाण माग्छिन् र आफ्नो नग्न तस्बिर इन्बक्समा पठाइदिन्छिन् । उनले गरेको यो निर्णयसँगै साथ दिनेको संख्या थपिएको छ । धेरैले उनलाई फोटो पठाउन र डोनेट गरेको प्रमाण चेक गर्न सघाइरहेका छन् ।

उनले आफ्नो पोष्ट ४ जनवरीमा सार्वजनिक गरेकी थिइन् । त्यसको दुई दिनमै उनले ५ लाख डलर संकलन गर्न सफल भएको आफ्नो ट्वीटरमा सार्वजनिक गरेकी छन् । 
 
आफ्नो नाङ्गो तस्बीर सार्वजनिक गरेको ४ दिनमा उनले एक मिलियन अमेरिकी (नेपाली करिब १ अर्ब रूपैयाँ) संकलन भएको आज अर्को ट्वीट गर्दै सार्वजनिक गरेकी छन् । साथै उनले सबै योगदानकर्तालाई धन्यवाद दिएकी छन् । 

उनले सार्वजनिक गरेको पोष्ट अनुसार असल कामका लागि ‘खराब’ विधि अपनाएकी उनले आफ्नो व्यक्तिगत जीवनमा भने धेरै कुरा गुमाउनु पर्‍यो । उनको नाङ्गो फोटो सार्वजनिक भएपछि उनको इस्टाग्राम डिएक्टिभेट भएको छ । उनका बाबु–आमा रिसाएका छन् । 



‘सबै हिरोहरुले कपडा लाउदैनन्’ भन्दै सामाजिक सञ्जालमा उनको प्रसंशा भएको छन् । उनका सपोटरले उनलाई ‘वमन अफ दि इयर’ घोषणा गर्न माग गरेका छन् । 



  • प्रकाशित मिति : माघ १३, २०७६ साेमबार २३:५२:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया