साहरुखकी बहिनीको निधन

एजेन्सी– बलिउड अभिनेता साहरुख खानकी भतिजी नुरजहाँको निधन भएको छ । उनी लामो समयदेखि मुखको क्यान्सरबाट पीडित थिइन् । उनको मंगलबार पेशावरमा निधन भएको हो । उनका पति आसिफ बुरहानले उनी लामो समयदेखि मुखको क्यान्सरबाट पीडित भएको बताएका छन् । 

केही पहिले भारतीय मिडियामा उनलाई क्यान्सर भएको समाचार आएका थिए ।

५२ वर्षीया नुरजहाँ राजनीतिमा सक्रिय थिइन् । पाकिस्तानका राजनीतिक व्यक्तित्वहरुसँग उनको राम्रो सम्बन्ध रहेको बताइएको छ । नुरजहाँका पति आसिफ बुरहानका अनुसार शाहरुखका पिता तथा नुरजहाँका पिता दाजुभाइ हुन् । साहरुख र नुरजहाँको पनि बारम्बार फोनमा कुरा हुने गरेको उनीहरुले बताएका छन् ।   





  • प्रकाशित मिति : माघ १५, २०७६ बुधबार १०:५३:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया