एमसिसीलाई इन्डो प्यासिफिकसँग नजोडौँः प्रधानमन्त्री ओली
फाइल तस्वीर ।

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)लाई इन्डो प्यासिफिक रणनीतिकसँग जोड्नु बेकार भएको बताएका छन् । 

पार्टीको स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले एमसिसीबारे धेरै विवाद गर्न आवश्यक नभएको बताएका हुन् । 

यो कम्प्याक्ट एसियाका साथै अफ्रिका र दक्षिण अमेरिकाका गरी ४९ देशसँग भएको उनले स्मरण गराए । उनले भने, ‘यसलाई इण्डो प्यासिफिकसँग जोड्नु बेकार छ ।’

यसअघि मंगलबार प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एमसिसी छिट्टै संसदबाट अनुमोदन गरिने बताएका थिए । 





  • प्रकाशित मिति : माघ १५, २०७६ बुधबार १५:१०:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया