समासुङले यस्ताे ल्याउँदैछ नयाँ माेबाइल

आधिकारीक रुपमा घोषणा गर्न केही दिन बाँकी हुँदा सामसुङको नयाँ स्मार्टफोन ‘ग्यालेक्सी एस ट्वान्टी’ को तस्बिर लिक भएको छ । सामसुङको युरोपियन व्यापारिक वेबसाइटमा नयाँ स्मार्टफोन एस २० को तस्बिरहरू लिक हुन पुगेको हो ।

तस्बिरमा देखिए अनुसार मोबाइलको अगाडि होल, सेल्फि क्यामेरा र पछाडि लामो क्यामेरा बम्प रहेको देखिन्छ । वेभसाइटमा लिक भएको तस्बिर अनुसार नयाँ स्मार्टफोनलाई ‘एस ११’ को सट्टा ‘एस २०’ नै नाम दिइने निश्चित भएको छ । यसअघि नयाँ स्मार्टफोनको नाम एस ११ दिने भनिएको थियो । 

एस २० मोबाइल विभिन्न ३ प्रकारको भेराइटीमा उपलब्ध हुन सक्ने अनुमान गरिएको छ । तीनै किसिमका मोबाइलमा १ सय २० हर्जको डिस्प्ले हुन सक्ने अनुमान गरिएको छ । अमेरिकामा प्रयोग गरिने मोबाइल सेटका लागि भाइभ जी नेटवर्क सपोर्ट हुने छ । 

यो मोबाइल ठाडो फोल्ड गर्न मिल्ने अर्थात भर्टिकल फोल्ड मोबाइलका रुपमा समेत आउन सक्ने अनुमान गरिएको छ । 

मोबाइल खरिदका लागि पहिले नै बुकिङ्ग गर्न मिल्ने व्यवस्था गरिएको भए पनि मुल्य भने अहिलेसम्म सार्वजनिक गरिएको छैन । सामसुङले फेब्रुअरी १२ मा नयाँ ग्यालेक्सी मोवाइल सेट ल्याउनेबारे जानकारी दिएको थियो । 

गत वर्ष सार्वजनिक भएका ग्यालेक्सी ‘नोट १०’ र ‘नोट १० प्लस’ स्मार्टफोनको आधिकारिक घोषणा हुनु भन्दा केही दिन अघि नै तस्बिर लिक भएका थिए ।





  • प्रकाशित मिति : माघ २५, २०७६ शनिबार ९:७:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया