खाना कसरी खाने ?

प्रायः मानिसले खाने शैलीमा त्यति ध्यान दिएको पाइँदैन । तर, खाने व्यवहारले नै मानिसलाई रोग लाग्ने वा नलाग्ने कुरामा महत्वपूर्ण भूमिका खेलिरहेको हुन्छ । अस्वस्थकर खानाले स्वास्थ्यमा नकारात्मक असर पुर्याउँछ । त्यसैले खानाको गुणस्तर, मात्रा र समयमा विशेष ध्यान पुर्याउन जरुरी हुन्छ ।

हाम्रो तौल र उचाइअनुसार खानाको मात्रा निर्धारण गर्नुपर्ने हुन्छ । सामान्यतया महिलाका लागि १६ सयदेखि दुई हजारसम्म क्यालोरी आवश्यक हुन्छ । र, पुरुषले १८ देखि २४ सयसम्म क्यालोरी लिनुपर्छ ।

दैनिक भोजनमा हरियो सागपात, गेडागुडी, फलफूल र पहेँलो खानेकुराको मात्रा सन्तुलित ढंगले लिन आवश्यक हुन्छ ।

बिहान उठ्नेबित्तिकै खाली पेटमा मनतातो पानी पिउनुलाई स्वस्थकर मानिन्छ । तर, एकैपटकमा ठूलो मात्रामा पानी पिउनुहुँदैन । यसो गर्दा मिर्गौलामा असर पु¥याउन सक्छ ।

दिनमा एकैपटक ठूलो मात्रामा खानुलाई पनि राम्रो मानिदैन । बरु थोरैथोरै ४–५ पटक खानुलाई स्वास्थ्यका दृष्टिले उत्तम मानिन्छ । तर, खाने अवधिलाई लामो पनि बनाउनु हुँदैन । लामो समयसम्म नखाँदा ग्यास्ट्रिक तथा पेटसम्बन्धी अन्य समस्या निम्तिन्छ ।

पेट टम्म हुने गरी पनि खानुहुँदैन । रातको समयमा यसरी खाँदा अपच, मोटोपनलगायतका समस्या हुन्छ । माछा वा मासु खाँदा ३ देखि ५ टुक्रा मात्र खानु राम्रो हुन्छ । रातो मासु खानुहुँदैन र हप्तामा बढीमा एकपटक मात्र मासु खानु राम्रो हुन्छ ।



मानव शरीरलाई दैनिक डेढदेखि दुई लिटरसम्म पानीको आवश्यक हुन्छ । यदि शरीरमा पानीको अभाव भएमा बेहोस हुने, खुट्टा फर्कने, थकाइ लाग्ने, टाउको दुख्ने, झर्को लाग्नेजस्ता समस्या देखा
पर्न थाल्छन् ।



  • प्रकाशित मिति : माघ २५, २०७६ शनिबार १०:१३:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया