प्रेस युनियन काठमाडौं शाखामा जगन्नाथ दुलाल निर्वाचित

काठमाडौं– नेपाल प्रेस युनियनको काठमाडौं शाखाको अध्यक्षमा पत्रकार जगन्नाथ दुलाल निर्वाचित भएका छन् । 

शाखाको आठौं जिल्ला अधिवेशनबाट दुलाल अध्यक्षमा निर्वाचित भएका हुन् । काठमाडौंमा मंगलबार आठौं जिल्ला अधिवेशन भएको थियो । 

६ सयभन्दा धेरै प्रतिनिधि रहेको निर्वाचनमा ४७८ पत्रकारले मतदान गरेका थिए । यसमध्ये दुलालले २ सय ८५ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी अर्का पत्रकार महेश्वर गौतमले १ सय ९३ मत प्राप्त गरे । 

युनियन शाखाका अन्य पदमा पदाधिकारीहरु निर्विरोध निर्वाचित भए । 





  • प्रकाशित मिति : माघ २८, २०७६ मंगलबार २१:१०:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया