ब्रेकअपबारे बोलिन् दिया मिर्जा

एजेन्सी– बलिउड अभिनेत्री तथा निर्माता दिया मिर्जा फेरि एकपटक ठूलो पर्दामा देखिने भएकी छिन् । उनी अनुभव सिन्हाको फिल्म थप्पडमा देखिने भएकी हुन् । यो फिल्ममा दियाबाहेक तापसी पन्नुको पनि विशेष भूमिका रहेको छ । २८ फ्रेबुअरीमा रिलिज हुने यो फिल्म एक महिलाको कथामा आधारित छ जो घरेलु हिंसाको शिकार बनेकी हुन्छिन् । 

दिया यही फिल्मको प्रमोसनमा अहिले व्यस्त छिन् । र, एक कार्यक्रममा उनले आफ्नो ब्रेकअपबारे कुरा गरिन् । खासमा १८ अक्टोबर २०१४ मा दियाको साहिलसँग विवाह भएको थियो । यी दुई बिजनेस पार्टनर पनि हुन् । दिया र साहिलले आर्य समाजका रीतिरिवाजअनुसार विवाह गरृका थिए । तर, गत वर्ष साहिलसँग दियाले सम्बन्धविच्छेद गरिन् । पतिसँग विच्छेद भएको विषयमा उनले पहिले केही बोल्ने गरेकी थिइनन् । अब भने उनी यसबारे खुलेर बोल्न थालेकी छिन् । 

मुम्बई मिररमा दिएको अन्तर्वार्तामा उनले आफूलाई दुःख झेल्ने शक्ति मातापिताबाट मिलेको बताएकी छिन् । उनले भनेकी छिन्, ‘मेरो आमाबुबाको पनि सम्बन्धविच्छेद भएको थियो । त्यो पीडा झेल्ने कसरी भन्ने मैले उहाँहरुबाट नै सिकेकी हुँ ।’





  • प्रकाशित मिति : फागुन २, २०७६ शुक्रबार १०:१:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया