करणले दिएको त्यो भ्यालेन्टाइन उपहार

काठमाडौं– फेब्रुअरी १४, भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस । हरेक प्रेमजोडीका लागि विशेष यो दिन नेपाली क्रिकेटका लागि पनि महत्वपूर्ण छ । 

आजभन्दा ठीक दुई वर्षअघि अर्थात् फेब्रुअरी १४, २०१८ नेपाली क्रिकेटका लागि निकै अवस्मरणीय बनेको थियो ।नामिबियामा भएको आइसिसी लिग डिभिजन–२ अन्तर्गत नेपाल र क्यानडाबीचको त्यो खेल हरेक नेपाली क्रिकेटप्रेमीको मनमा अझै पनि ताजा छ । 

त्यो खेल नेपालका लागि गर या मरको अवस्थामा थियो । त्यो खेलमा नेपालले जितेको खण्डमा विश्वकप छनोटमा खेल्न पाउने थियो भने हारेको खण्डमा पाउने थिएन । उक्त खेलमा नेपालले क्यानडा माथि १ विकेटको जित निकाल्दै विश्वकप छनोटमा पुगेको थियो र सो खेलका नायक थिए, करण केसी ।

पहिले ब्याटिङ गरेको क्यानडाले नेपाल सामु १ सय ९५ रनका लक्ष्य प्रस्तुत गरेको थियो । नेपालले १४४ रनमा ९ विकेट गुमाइसकेको थियो । 

धेरैलाई लाग्न थालिसकेको थियो कि अब नेपालले यो खेल जित्न सक्दैन । नेपालका लागि खेल जित्न ४८ बलमा ५१ रन आवश्यक थियो, तर विकेट भने १ मात्र बाँकी थियो । त्यही अवस्थामा नेपालको जितका लागि नायक बनेर उदाए, करण केसी ।

उनले ३१ बलमा अविजित ४२ रनको पारी खेले, जसमा उनले ४ छक्का र ३ चौका प्रहार गरेका थिए । करण र सन्दीपले अन्तिम विकेटका लागि ५१ रनको उत्कृष्ट साझेदारी गर्दै नेपाललाइ जित दिलाएका थिए ।



करणको यो प्रदर्शनले नै नेपालले विश्वकप छनोटको ढोका खोलेको थियो र विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गरेकै आधारमा एकदिवसीय राष्ट्रको मान्यता पाएको थियो । 

करण केसीले नेपाली क्रिकेटपे्रमीका लागि भ्यालेन्टाइनको यस्तो उपहार दिए कि त्यो युगौँयुगसम्म सम्झिइनेछ । यो दिन नेपाली क्रिकेटका लागि सुनौलो दिनको रूपमा रहनेछ ।



  • प्रकाशित मिति : फागुन २, २०७६ शुक्रबार १७:५९:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया