इजरायली सेनाका मोबाइल युवतीका तस्वीर पठाएर ह्याक

एजेन्सी– इजरायली सेनाले आफ्ना दर्जनौँ सैनिकका स्मार्टफोनहरु युवतीका तस्वीर पठाएर ह्याक गरिएको जनाएको छ ।

सेनाका प्रवक्ताका अनुसार सेनाका मोबाइलमा केही युवतीहरुका तस्वीर पठाइएको छ र त्यसबाट एउटा एप्लिकेसन डाउनलोड गर्न भनिएको छ । 

उनीहरुले आफ्नो फोन ह्याक हुन्छ भन्ने थाहा नपाएर त्यो एप्लिकेसन इन्स्टल गरेको बताएका छन् । 

यो ह्याकिङ हमासले गरेको हुनसक्ने सेनाले आशंका गरेको छ । गजा नियन्त्रया गर्ने चरमपन्थी गुट हमास र इजरायलबीच पुरानो दुश्मनी छ । 

इजरायली सैन्य प्रवक्ता कर्नल जोनाथन कार्निकसका अनुसार इजरायली सैनिकको फोन ह्याक भएको यो तेस्रो पटक हो । 





  • प्रकाशित मिति : फागुन ६, २०७६ मंगलबार ८:४०:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया