Sat, 04 Apr, 2020


ह्यारी पोर्टरकी लेखिकाले नयाँ उपन्यासः १० कक्षा फेल भारतीय युवामाथि !
फरकधार / फागुन ६, २०७६

एजेन्सी– ह्यारी पोर्टर शृखंलामा उपन्यास लेखेर विश्वभर चिनिएकी बेलायती लेखिका जेके रोलिङले अर्को एउटा उपन्यास लेख्ने भएकी छिन् । यो उपन्यास बंगालका एक युवा नेत्रप्रसाद शर्मामाथि रहेको बताइएको छ । 



२७२ पेजको ड्राफ्ट जेकेले नेत्रप्रसादलाई पठाएकी छिन् । अनि उनले नेत्रप्रसादलाई क्यालिफोर्नियामा बोलाएर यसबो अन्तिम निर्णय गर्नेसमेत बताएकी छिन् ।

१० कक्षा पनि नपढेका नेत्रप्रसाद अहिले त्यहाँ एउटा जंगलमा पर्यटकलाई सफारी गराउँछन् । अब उनी जेके रोलिङको उपन्यासको मुख्य पात्र हुँदैछन् । यो उपन्यास यसै वर्षको अन्त्यसम्ममा आउने अनुमान गरिएको छ ।


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्