च्याम्पियन्स लिग : डिफेन्डिङ च्याम्पियन लिभरपुल एट्लेटिकोसँग पराजित

पेरिस — डिफेन्डिङ च्याम्पियन लिरभपुलले युरोपेली च्याम्पियन्स लिगमा आफ्‍नो नकआउट चरणको सुरुआत हारसँगै गरेको छ र उसको उपाधि रक्षा गर्ने अभियानमा धक्का लाग्‍ने देखिएको छ ।

एट्लेटिको म्याड्रिडले मंगलबार रातिको अन्तिम १६ को पहिलो लेगमा प्रिमियर लिग क्लबलाई १–० ले हरायो । सउल निग्वजेले चौथो मिनेटमा एक मात्र गोल गरे ।

मंगलबार रातिकै अर्को खेलमा बोर्सिया डर्टमन्डले पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई २–१ ले पराजित गर्‍यो । त्यसमा इर्लिङ हल्यान्डले जर्मन क्लबका लागि दुवै गोल गरे र आफू उच्च लयमा रहेको फेरि सिद्ध गरे ।

पीएसजीका तर्फबाट नेयमारले एक गोल फर्काए । लिभरपुल र पीएसजी दुवैसँग अब घरेलु मैदानमा हुने खेलमा पछाडि परेको स्थिति उल्टाउने अवसर भने हुनेछ ।





  • प्रकाशित मिति : फागुन ७, २०७६ बुधबार ७:५८:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया