समृद्धिको यात्रामा नकारात्मक कुरा गरेर अवरोध गरियोः प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार समृद्धिको यात्रामा अगाडि बढिरहेको बताएका छन् । तर, यो यात्रामा नकारात्मक कुराको मात्र प्रचार गरिएको र यात्रालाई अवरोध गर्न खोजिएको उनको गुनासो छ । 

तर, यस्ता अवरोधलाई पनि परास्त गरेर अगाडि बढ्ने उनले बताएका छन् । 

७० औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । यो सँगसँगै उनले आगामी दिनमा गर्नुपर्ने कामहरूको सूची लामो भएको उल्लेख गरे र सरकार समृद्धिको  यात्रामा लम्किरहेको बताए।  

समृद्धिको यात्रामा अघि बढेको सरकारले केही काम शुरु गरेको, केही शुरु हुने अवस्थामा रहेको र केही सम्पन्न भइसेको प्रधानमन्त्री ओलीको भनाइ छ ।  आफ्नो सम्बोधनको अधिकांश समय समृद्धिका विषयमा खर्चेका प्रधानमन्त्रीले सन् २०३० सम्म दीगो लक्ष्य हासिल गर्ने तयारीमा सरकार रहेको दाबी पनि गरे ।





  • प्रकाशित मिति : फागुन ७, २०७६ बुधबार ११:२९:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया